प्रिय दिदि लाई शब्द उपहार : पद्मा रायमाझी

आफ्नो इतिहास जस्तो सुकै भएपनि उच्च लगाव र आफै प्रतिको इमान्दारिताले भबिश्य चाहि बदल्न सकिन्छ ,  आफ्नो स्वार्थ भन्दा थोरै भएपनि माथि उठेर मानवता समाज र  राष्ट्रको हित हुने काममा समर्पित हुनु मेरो जीवनको कामना वा इच्छा हो  | यसको हरेक पलमा हौशला बनेर प्रोत्सहान गर्नु तिम्रो महानता तिम्रो म प्रतिको सकारात्मक सोच र साथले नै मेरो जीवनमा यो सोच आयो |हामी ले  जीवनमा अहिलेसम्म धेरै भन्दा धेरै असहज परिस्थीति पार गरेका छौ  गर्दै छौ तर पनि यसबाट सहज सन्तुस्टि प्राप्त गर्न सकिन्छ | आफ्नो मान्छेको दायरामा सहज मान्ने हाम्रो नेपाली समाज नाता संबन्धका नकारात्मक असर र प्रभाव नभएका होइनन | राम्रोपक्ष पनि नाता संबन्ध नै हो | नाताबाद र नाता -संबन्ध फरक कुरा हुन | नाता सम्बन्धको आफ्नो आफ्नो हेराइ , बुझाई भोगाइ हुन्छ | यही संबन्धको आ- आफ्नो परिभाषा,कहिले काही अर्थ खोज्न पुगिन्छ | यही अर्थ खोज्ने क्रममा म पनि पुगे नेपाली बृहत सब्दकोशको अनुसार नाता भनेको पारस्परिक संबन्ध जन्म वा बिबाह आदिबाट भएको संबन्ध गोत्र वा कुटुम्बको संबन्ध हो | तिम्रो र मेरो जन्मबाट भएको संबन्ध हो | जन्म वा बिबाहका आधारमा नाता पर्ने ब्यक्ति नातेदारका बर्ग,नातागोता बन्धु बर्ग, इस्ट मित्रलाई नै शब्दकोशले नाता कुटुम्ब मानेको छ | यो आधारमा हेर्दा पनि नेपालीको नातागोताको दायरा यति बृहत छ | जुन अन्यन्त्र कतै पाइदैन | यसमा म हामीलाई र हाम्रो नातालाई भाग्यमानी मान्छु | हरेक मानिषका आ आफ्ना भावना र कल्पना हुन्छन  हरेक मानिसमा नयाँ नयाँ बिचार उठ्छ भाव प्रकट गर्ने आफ्नो आफ्नो तरिका हुन्छ |  बोलेर गरिएको प्रस्तुति भन्दा लेखिएको प्रस्तुतिलाई असीम मान्ने मेरो बानी छ| कति छिटो बितेछ हिजो ! आज - अहिले छ हिजो बित्यो म त्यो चाहेर नि पाउदिन |  आज बुझ्दै छु मैले त्यो महत्व त्यही भएर होला मेरो मन र म हिजोको त्यो दिनमा फर्कन खोजेको | बाल्यकालका स्मृति मानषपट्लमा रहिरहन्छन | यो महिना लागेदेखि मेरो स्मृति पटल बाल्यकालमा गएको थियो तर आफैलाई धेरै प्रश्न गर्दा पाउन नसकेको उत्तरलाई आज एउटा लेख मार्फत उत्तर खोज्ने प्रयाशमा छु | सायद यो तिमीले गरेको मायाको खोजी थियो होला बाल्यकालको | केही गर्छु भन्दा भन्दै समय बितेको पत्तो पाइदैन आज हिजोलाई हेरे -अस्तीलाई सम्झे -सम्झदा सम्झदै यति सम्झेछु कि , कुन बेला आँखा ओभायो बिउझिदा एउटा सपना भएछ | मनको भावबाट आएका शब्द र आसु दु:खका मात्र नभई सुखमय क्षणका अमर नातामा प्रचार होस् |प्रिय दिदि ! तिमीलाई बिदा गरी पठाएको दिन तिम्रो लागि जीवनको नयाँ मोड थियो झरेका आँशुको मूल्य छुट्टै थियो महत्व थियो | त्यो बालापन झगडा गर्दा फकाउने तिमी , मेरो जिद्दीको अगाडि सधै झुकीदिने तिम्रो बानी , पछि मलाई थाहा हुन्थ्यो  त्यो मेरो जिद्दीपनमा जित मेरो होइन तिम्रो नै भएको भनेर|

[caption id="attachment_19640" align="alignleft" width="454"]दिदि को साथ लेखिका दिदि को साथ लेखिका[/caption]

आमाको रूपमा मैले कोही प्रतीपूर्ति अर्को नि पाएको छु भने त्यो तिमी हौ त्यो आभाष हुन्छ मलाई | सानो भन्दा सानो कुरामा चिन्ता गर्नु, मैले लामो साश फेर्दा नि तिमीले आफूलाई गार्‍हो महशुस गर्नु , तिमीबाट सिकेका धेरै कुरा छन जुन मैले मेरो जीवनमा लागू गर्न सक्दिन तिमीलाई सम्झेर गर्ब गर्न सक्छु म तिम्रो कोहि हूँ  प्रिय दिदि सहनशिलताकी खानी यो संसारमा अरु कोही छ भने  मेरो मानसपॅटलमा तिम्रो अनुहार आउछ | साथीभाइको जस्तो नाता पबित्र नाता हो भनेपछि त हाम्रो नाता त दिदि बैनिको जसलाई उच्च बर्गमा राखिन्छ | संसारमा यस्ता धेरै उदाहऱण छन दिदी बैनीले गरेका काममा | हामीले त केही गर्न सक्दैनौ सिवाएँ पबित्र माया र आँखा चिम्लेर गर्ने बिस्वास | सँग सँगै लडेर हुर्किएको त्यो समय, तिम्रो हरेक गतिबिधिको बयान नसुनी नीदाउन नपाउने  त्यो पल  हरेक तिम्रा परिचित साथीभाई मेरा लागि आदरणीय दाजु दिदी अझै पनि संबन्ध राम्रो छ |. यही कुरालाई सम्झदै जीवनलाई आगाडि बढाऊदै गएको र तिमी त आज यौटा आमा, बुहारी ,भाउजु, फूपु ,श्रीमती ..जस्ता धेरै नातामा गासिएको  नाता भएछ | म स्वार्थी बिर्सेछु , नाता कुटुम्ब तिम्रो बढेको, यो गल्ती हो मेरो भौगोलिक दूरीमा हामी टाढा छौ ,प्रत्यक कुरालाई साझदारीमा लिने हामी | हरेक पर्बमा उपहारको इच्छा गर्ने दिदीलाई यो बर्ष बैबाहिक जीवनले नबौ बर्ष पार गरी दशौ बर्ष टेकेको पावन अवसरमा हाम्रो नाता जन्मजनमान्तर कायम रहोस्|  उदाहरणमय दिदी बैनिको नाताले सम्मान पाओस हरेक मानव जीवनमा भन्ने कामनाका साथ शब्द उपहार दिन चाहन्छु | प्रिय दिदि तिमी  प्रेरणाको स्रोत एउटा बहिनीको  , बिभिन्न कार्यकलापको दर्शक .. हौशालाको उजागर जीवनमा तपाई  जस्तो दिदी पाउनु जो कोहिलाई गर्ब हुने छ जुन आज मैले अनुभव गरेको छु | मेरो नज़रमा  आमा पहिलो गुरु हो भने दिदी बहिनी पहिलो साथी | यो कुरा बुझ्ने लाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बिंड भने झै हो|   तर कामना छ सबै दिदी बैनीले मेरो शब्दलाई शब्दमा मात्र होइन यथार्थ जीवनमा पनि बुझेर आफ्नो दिदी बैनिको नातालाई उच्च तहमा राखुन।।

प्रतिक्रिया

सम्बन्धित