दुई वर्ष पुननिर्माण कर
काठमाडौँः उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले सरकारलाई पुननिर्माण कर उठाउन सिफारिस गरेको छ । पुननिर्माणका लागि स्रोत जुटाउन ३ प्रतिशतसम्म पुननिर्माण कर उठाउन आयोगले सुझाव दिएको हो । आर्थिक वर्ष २०७२÷०७३ र ०७३÷०७४ गरि दुई आर्थिक वर्षमा व्यक्तिगत तथा संस्थागत आय करको आधारमा पुननिर्माण कर लगाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ । सरकारले गत मंसिरमा तीन सदस्यीय कर पुनरावलोकन आयोग गठन गरेको थियो । प्रतिवेदनमा कर नीति तथा कानून, कर सम्बन्धि संगठानिक संरचना, जनशक्ति व्यवस्थापन, कर व्यवस्थापकीय पक्ष र पर्यावरणीय पक्षको बारेमा कमजोरी औँल्याउँदै सुधार गर्नुपर्ने सुझाव छ ।
प्रतिक्रिया