शनिवार बिहानै ४.६ रेक्टरको पराकम्पन
काठमाडौँः गत वैशाख १२ गते आएको भूकम्प पछि अझै पनि भूकम्पका पराकम्प आउने क्रम रोकिएको छैन् । शनिबार बिहानै पनि भूकम्पको पराकम्प गएको छ । बिहान एक बजेर ४९ मीनेट जाँदा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केलको पराकम्प गएको हो । यसअघि बिहीबार दुई पटक भूकम्पका पराकम्प गएका थिए । भुकम्पविद्हरुका अनुसार अझै केहि हप्ता पराकम्प आउने क्रम जारि रहन्छ ।
प्रतिक्रिया