लगातारको वर्षाले सप्तरीको आधा दर्जन गाविस डुब्ने खतरामा

सप्तरीः पूर्वी पहाडी जिल्लामा दुई दिनदेखि लगातार परेको वर्षाले यस जिल्लाका विभिन्न ठूला र साना नदीनालामा पानीको बहाव बढेको छ । बिहीबार र शुक्रबार परेको भारी वर्षाबाट सप्तरीको खाडो नदीमा पानीको घनत्व बढेपछि त्यस आसपासका करिब आधा दर्जन गाविस डुबानमा पर्ने खतरा छ । खाडो नदीमा पानी बढेपछि जिल्लाको रम्पुरा मलहनियाँ, सकरपुरा, तिलाठी तथा भारतको कुनोली बजारको आसपासको गाउँ डुब्ने खतरामा रहेको बताइएको छ ।mausam

यस्तै, विभिन्न नदीमा पानीको बहाव बढेपछि सप्तरीसँग जोडिएको भारतको कुनोली बजारको बीचमा पर्ने खाडो नदीमा पुल नहुँदा उक्त बजारमा सप्तरीबाट किनमेलका लागि जाने उपभोक्तालाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । त्यस्तै सप्तरी र सिरहाको बीचमा पर्ने बलान खोलामा समेत दुई दिनको लगातार वर्षाका कारण जलस्तर बढेको बताइएको छ । यसैबीच, सप्तकोसी नदीमा यस वर्ष सबैभन्दा बढी प्रतिसेकेन्ड एक लाख ६५ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित