विल्डीङ् व्याग राईटको सद्भावना दुतमा राजेश हमाल नियुक्त
काठमाण्डौं: गृह मन्त्री बामदेव गौतमले भुकम्प पछिको पुनरनिमार्णमा सरकार सचेतका साथ लागीरहेको बताउनु भएको छ । भुकम्प पछि भएको भौतिक क्षतिको पुनरनिमार्णका बारेमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री गौतमले यस्तो बताउनु भएको हो । नेपाल र नेपालीको संस्कार संस्कृतिका बारेमा सरकार गंभिर रहेको भन्दै पुनरनिमार्णमा पनि सचेतका साथ अगाडि बढेको औल्याउनु भयो । गत बैशाख १२ गतेको बिनासकारी भुकम्पले खरवौ रुपैयाँ बराबरको धनजनको क्षति भएपछि त्यसलाई सहयोग जुटाई पुनरनिमार्ण गर्ने उदेश्यले विल्डीङ् व्याग राईटको सद्भावना दूतमा नायक राजेश हमाललाई नियुत्त गरेको छ । सोहि सस्थाद्धारा आयोजित कार्यक्रममा मन्त्री गौतमले नेपालमा १० लाख परिवार विस्थापीत भएको भन्दै सरकारले १० लाख परिवारको पुनरनिमार्णको तयारी गरेको बताउनु भयो । उहाँले १० लाख परिवारको भौतिक संरचना पुनरनिमार्णका लागी ७ अर्व खर्चगर्ने तयारी गरेको पनि बताउनु भयो । मन्त्री गौतमले आगामि ५ बर्षभित्र निमार्ण सम्पन्न गरीसक्ने र १० बर्षमा समर्ग देशलाई परिवर्तन गरी नयाँ अनुहारमा देखाउने पनि बतताउनु भयो । मस्यौदा पास भैसकेकाले अब राजनीतिक आन्दोलन पनि समाप्त भएर जाने गृह मन्त्री गौतमको भनाइ रहेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केशीले तत्काल पुनरनिमार्णमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले बर्खाको समय भएकाले पिडित नागरीकहरुको स्वास्थ्यलाई ध्यानमा राख्न पनि सम्बन्धीत निकायलाई आग्रह गर्नु भयो । कार्यक्रममा कलाकार सुष्मा कार्की लगायतका कलाकारहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया