प्रधानमन्त्रीद्वारा राष्ट्रिय अपाङ्ग महासंघको ज्ञापनपत्र ग्रहण

काठमाडौंः प्रधानमन्त्री सुशील कोइरालाले आज राष्ट्रिय अपाङ्ग महासंघले प्रस्तुत गरेको ज्ञापन पत्र बुझ्नुभएको छ । संविधानसभामा मस्यौदा संविधान बुझाइएको भोलिपल्टै महासंघले आउने संविधानमा अपाङ्गता भएका नागरिकहरुको सरोकारका विषयहरुलाई पनि समेट्न माग गरेको हो । महासंघका अध्यक्ष सुदर्शन सुवेदीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री कोइरालालाई ३ बूँदे ज्ञापन पत्र बुझाएको छ । जसमा समानुपातिक सीटको लागि छुट्टयाइएको ४० प्रतिशतमा अपाङ्गता भएका नागरिकहरुलाई जनसंख्याको अनुपातको आधारमा प्रतिनिधिसभा,राष्ट्रिय सभा र प्रान्तिय सभामा ५ प्रतिशत आरक्षण गर्नुपर्ने, महिला,जनजाति,दलित,मधेशी,मुस्लिम,पिछडिएको वर्ग र अल्पसंख्यकलाई जस्तै अपाङ्गता भएका नागरिकको हक किटानी गर्नुपर्ने र समानुपातिक प्रणालीका १ सय १० सीटमा उमेदवारी दिदा अपाङ्गताभएका व्यक्तिहरुलाई पनि समेट्न संविधानमा किटानी व्यवस्था गर्नुपर्ने मागहरु रहेका छन । महासंघले नेपालमा ३० लाख अपाङ्गता भएका नागरिक रहेकोे जनाएको छ ।

People with Disability

प्रतिक्रिया

सम्बन्धित