धान खेतमा अश्लील हर्कत देखाउने कृषि मन्त्रीले के भने गृहमन्त्रीलाई ?
काठमाडौँः धान महोत्सव मनाउन मूलपानी पुगेका कृषि मन्त्री हरि पराजुलीले अश्लील हर्कत देखाएपछि चौतर्फी आलोचित बनेका छन् । अश्लील हर्कतपछि विवादित बनेका मन्त्री पराजुली उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई भेटेर स्पष्टीकरण दिएका छन् । बुधबार अपरान्ह ४ बजे गृहमन्त्रालय प्रवेश गरेका पराजुली करीव २० मिनेटपछि निस्केका थिए । उनले आफूविरुद्ध गलत प्रचार भएको स्पष्टीकरण दिएको गृहमन्त्रालय स्रोत बताउँछ । गृहमन्त्रीले पराजुलीको हर्कत राम्रो नभएको भन्दै असन्तुष्टि जनाएपछि उनले आफूले केही नगरेको र आयोजक कृषक महिला समूहले नै विज्ञप्ति निकालेर मिडियामा भइरहेको प्रचारको खण्डन गरेको समेत गौतमलाई बताएका थिए । पराजुलीको पछिल्लो प्रकरणबारे अध्यक्ष केपी ओलीले पनि असन्तुष्टि जनाएपछि उनको मन्त्री पद धरापमा परेको छ । उनी पार्टीभित्र बामदेव गौतम निकटस्थ मानिन्छन् ।
प्रतिक्रिया