नेपालमा चाँडै नै अन्तर्राष्ट्रिय स्तरको बेसबल ग्राउण्ड बन्छः रोशन थापा

बेस बल नेपालकागि नयाँ खेल हो । यो खेल विस्तारै नेपालमा पनि विकास हुन थालेको छ । बेस बल विकास गर्ने उद्देश्यले भत्तपुरमा नेपाल बेसबल प्रोमसन क्याम्प सञ्चालनमा छ । के हो बेस बल ? नेपालमा बेस बल किन आवश्यक छ ? यीनै विषयहरुमा केन्द्रित रहेर पत्रकारीता समेत गदै आउनु भएका नेपाल बेसबल प्रोमसन टिमका संयोजक रोशन थापासँग माईन्यूजनेपाल डट कमले गरेको कुराकानीः

बेस बल भनेको कस्तो खेल हो ? बेस बल नेपालकालागि नयाँ खेल हो । बेस बल विशेष गरी विकसित राष्ट्रहरुमा प्रचलिन छ । अमेरिका, जापान, चीन लगाएतका मुलुकहरुमा यो खेल धेरै खेलिन्छ । नेपालमा पनि पछिल्लो समय विस्तारै बेस बलको विस्तार हुदै गएको छ । यो गेममा ९ वटा खेलाडीहरु हुन्छन् । यसमा ब्याट्स म्यानले ब्याट्स गरिसकेपछि चार वटा होम बेस हुँदै खेलाडी पहिलेकै स्थानमा फर्कनु पर्छ । यो नौ इनिङको गेम हुन्छ । यसमा जो धेरै बेसमा बस्छ उहिँ नै विजेता हुन्छ । तीन जना आउट भइसकेपछि एउटा इनिङ सकिन्छ । यसको ग्राउण्ड डायमण्ड आकारमा हुन्छ । यसको ग्रांउण्ड लगभग १ सय २० मिटरमा फैलिएको हुन्छ ।

rosan thapa (2)

नेपालमा यो गेम कहिले र कसरी सुरुवात भयो ? 

१९९९ मा जापानमा रहेको लालीगुराँस क्लवले पोखरामा पहिलो पटक बेल बलको सुरुवात गरेको हो । त्यसपछि पोखरामा यो खेल हालसम्म पनि जारि नै छ । १९९९ मा पहिलो पटक नेपालमा खेलियोको यो गेमको धेरै वर्ष सम्म पनि आशातित विकास हुन सकेन । त्यसैले यसको विकास गर्ने उद्देश्य सहित हामीले भत्तपुरमा नेपाल बेसबल फेडिरेशनको सहयोगमा बेसबल प्रोमसन टिम भनेर क्याम्प सुरुवात गरेका छौँ । हामीले विभिन्न स्कुलबाट १३ वर्ष मुनीका बालबालिकाहरुलाई तालिम प्रदान गरिरहेका छौँ । हाल यस क्याम्पमा ३५ जना बालबालिकाहरु निशुल्क तालिम तथा खेलमा सहभागी छन् । हामीलाई अहिले जापानको लालीगुराँस संस्थाले खेलकुदका सामाग्रीहरु प्रदान गरिरहेको छ ।rosan thapa (1)

खेल र तालिमको व्यवस्थापन कसरी भएको छ ? पक्कै पनि नेपालमा बेस बल खेल्नु खेलाउनु निकै गाह्रंो कुरा छ । एक त बेस बल नयाँ खेल पनि हो । अर्को यस खेलका सामाग्रीहरु पनि निकै महङ्गा छन् । यसको एउटा गोल्बसको ५ हजार रुपैयाँ पर्न जान्छ । ब्याट्सको मूल्य पनि निकै महङ्गो छ त्यसैले हामीले यो खेलका सामाग्रीहरु जापानमा रहेको लालीगुराँस क्लवबाट सहयोग लिएका छौँ । अबको केहि वर्षमै जापनका केहि क्लवले नेपालमा बेस बलको विकासकालागि सहयोग गर्ने आश्वासन पनि दिएका छन् । जापानका केहि क्लव र जापान सरकारले समेत नेपालमा अन्तर्राष्ट्रिय स्तरको बेस बलको ग्राउण्ड बनाईदिने प्रतिबद्धता जनाईसकेका छन् । डेभलपमेन्ट सेन्टर रहने गरि नेपालमा जाडै नै अन्तर्राष्ट्रिय स्तरको बेस बल ग्राउण्ड बन्ने छ । यसैगरी जापानका क्लवहरुले नेपालभरीबाट ४०/५० जना खेलाडी छानेर विभिन्न अन्तर्राष्ट्रि क्लवमा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।

Baseball_diamond_marines

नेपालमा बेस किन आवशयक छ ? मानिसकालागि सबै खेल आवश्यक नै छन् । यो बेस बल खेल पनि अरु खेल फुटबल, क्रिकेट जस्तै खेल हो । बेस बलको पनि विभिन्न प्रकारका प्रतिष्प्रधा हुन्छन । अन्तर्राष्ट्रि स्तरका खेलहरु समेत आयोजना भइरहेका हुन्छन् । त्यसैले नेपालमा पनि यो बेस बलको विकास गर्न सके नेपालले पनि ति प्रतिष्प्रधा भाग लिन्छ । यो खेलले पनि नेपालको सधै उचो रहेको शीरलाई थप उचो पार्न मद्धत गर्न सक्छ ।

बेसबलको विकासकालागि नेपाल सरकारले केहि गदै छ ? तपाईलाई थाहा नै छ राष्ट्रिय खेलकुद परिषद्मा चरम राजनिति हुन्छ । त्यहाँ भित्रको राजनितिका कारण पनि बेस बल मात्र होइन कुनै पनि नयाँ खेल माथी आउनै सकेको छैन । यद्यपी हामी खेलाडीहरु नै मिलेर बेस बलको विकासमा काम गरिरहेका छौँ । केहि समय अगाडि हामी बेसबलकै तालिम लिनकालागि चिनमा पनि पुगेका थियौँ । विश्व प्रख्यात बेस बल कोच बिल थोमस लगाएतका चर्चित कोचहरुको सहभागीता रहेको चिनको क्याम्पमा हामीले बेल बलको विकास र खेलाडी उत्पादनका विषयमा ज्ञान लिन पायौँ ।

Baseball-Field

प्रतिक्रिया

सम्बन्धित