पोखरामा यसरी मनाइयो धान महोत्सव, हेर्नुहोस निर्मल दाहालले कैद गरेका उत्कृष्ट १० तस्विर 

पोखराः भूकम्पपछि नेपालको समग्र पर्यटन व्यवसाय सुस्ताएको बेला पोखरामा भने पर्यटकलाई लक्षित गरी असारे महोत्सव मनाएको छ । पोखरा सबै मौसमका लागी भन्ने मुख्य उद्देश्यका साथ असारे महोत्सव मनाइएको हो । नेपाली किसानका लागी मानो रोपेर मुरी उब्जाउने चटारो भैरहदा विदेशी पर्यटक भने हिलोमा रमाउन सातसुमन्द्र पार गरेर पोखरा आएका थिए । रोपाई महोत्सवमा सहभागि हुन विभिन्न देशका ६० पर्यटक पोखरा आएको पोखरा पर्यटन परिषद्ले जनाएको छ । असार १५ मा हिलोमै खेल्नुपर्छ भन्ने मान्यताले सहभागी सबैजना हिलाम्मे भएका बेला केही सहभागी पर्यटक समेत हिलो खेलेर रमाएका देखिन्थे । महोत्सव पोखरा १७, विरौटा रामेश्वर मार्ग रामन्दिर अगाडि मनाइएको थियो । ropai (9)ropai (4)ropai (5)

ropai (1) ropai (2) ropai (3) ropai (6) ropai (7) ropai (8) ropai (10)

प्रतिक्रिया

सम्बन्धित