संविधानको मस्यौदा सभाध्यक्षको हातमा, आजै नागरिकले हेर्न पाउने
काठमाडौँः संविधानसभाको मस्यौदा समितिले नयाँ संविधानको एकीकृत मस्यौदा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ । मंगलबार साँझ समितिका समितिका सभापति कृष्ण सिटौलाले फरक मतसहितको प्रतिवेदन बुझाएका हुन् । मस्यौदामा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने व्यवस्था हटाइएको छ । संक्रमणकालीन व्यवस्था अन्तरगत संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव आएको थियो । तर, एमाओवादीले मिति तोक्न नहुने अडान लिएपछि छिटो गर्ने भन्ने शब्द राखिएको छ । यस्तै बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थालाई संविधानको अपरिर्वतनीय धाराबाट हटाइएको छ । मस्यौदा समितिका सभापति समेत रहेका कांग्रेस महामन्त्री कृष्ण सिटौलासहितका नेताहरुले संविधानको प्रस्तावनामा संसदीय व्यवस्थालाई अपरिर्वतनीय धारामा घुसाएपछि सोमबार विवाद भएको थियो ।
प्रतिक्रिया