व्यवस्थापिका–संसद्को बजेट अधिवेशन सुरु
काठमाडौँः व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन अर्थात बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो । अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७२/७३ को बजेट पेस हुनेछ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार १६ गते बिहान ११:३० बजे बस्ने छ ।
प्रतिक्रिया