भारतले मिचेको भूमी नेपाललाई फिर्ता गर्ने

simaकाठमाडौँः भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्ततः नेपालले फिर्ता पाउने भएको छ । ८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो । नेपाल र भारतबीच मुख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानीलगायत पर्छन् । ठोरी गाविसमा पर्ने ती दुई सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाडढ्न भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको जानकारी नापी विभागका एक उच्च सरकारी अधिकारीले दिए, अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित