राहत वितरणमा समन्वयकारी भुमिका खेल्दै सुजाता
काठमाण्डौं असार १४ । बिनासकारी भुकम्प गएको दुइ महिना पुग्दा समेत भुकम्प पिडित परिवारहरुले खाद्यान्न तथा लत्ता कपडाको अभाव झेलिरहेका छन् । गत बैशाख १२ गते र सोहि महिनाको २९ गते गएको बिनासकारी भुकम्पका कारण गाँस वास र कपासको चपेटामा परेका नागरीकरुहलाइ राहत दिन विभिन्न संघ सस्थाहरुले सहयोगी हातहरु आजसम्म पनि अगाडि बडाइ रहेका छन् ।
पिडितहरुको दैनिकिमा केहि मलाम लगाउन सहयोग पुगोस भनेर पटक पटकको भुकम्पले क्षति ग्रस्त दोलखाको भिमेश्वर नगरपालीका वाडा नम्वर तिन , नाम्दु गाविस वाडा नम्बर दुइ, जिरि नगरपालीका स्थित थामी बस्तीका पिडितहरुलाइ कांग्रेसकी प्रभावसाली नेतृ सुजाता कोइरालाको समन्वयमा राहत वितरण गरिएको छ । भुकम्पले अति प्रभावित जिल्ला र त्यसमाथि पनि थामि बस्ती रहेको स्थानमा गरिएको राहत वितरणले थामि बस्तिमात्रै नभइ समग्र पिडितहरुलाइ हौसला मिलेको छ ।
कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलीयाका अनुसार पिडितहरुलाइ दैनीक रुपमा प्रयोगहुने खाद्यान लगाएतका राहतका सामान वितरण गरिएको हो । राहत वितरणमा दोलखाका स्थानीय नेता बर्मा लामाको पनि ठुलो हात रहेको छ ।
प्रतिक्रिया