सोमबार बिहानै ५ रेक्टरको पराकम्पन
रोमछापः सोमबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । रामेछापको साँघुटारलाई केन्द्रविन्दु बनाए सोमबार बिहान ५ बजेर ४२ मीनेटमा ५ रेक्टरको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आइतबार राति सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि अहिलेसम्म त्यसका पराकम्पन आउनेक्रम जारी रहेका छन् ।
प्रतिक्रिया