प्रधानन्यायाधीशको राजीनामा माग्ने डा. केसी सिंहदरबार प्रहरीको हिरासतमा

काठमाडौं ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशन सुरु गरेका डा. गोविन्द केसी पक्राउ परेका छन् ।केसीलाईअनशनस्थल त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरबाटै पक्राउ गरिएको हो । केसीलाई  महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । सिंहदरबार वृत्त अन्य भन्दा सुबिधा सम्पन्नमा गनिन्छ ।

केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोबवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए ।

देशको कानुनलाई नै चुनौती दिएका डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो ।

न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

यसअघि १३ पटक सम्म अनसन बसिसकेका केसीको यो अनसन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध केन्द्रीत थियो ।।आइओएमको डीनबाट चार वर्ष पहिले बर्खास्त भएका डा.शशि शर्मालाई सर्वोच्च अदालतले पुनःवहाली गर्न आदेश दिएपछि डा. केसीले पाँच सुत्रीय माग राखेर अनसन छेडेका हुन् । डा. केसीले प्रधानन्यायाधिश पराजुलीको माग गर्दै १४ औ‌ं अनशन सुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित