कर्णालीमा पानीको सतह बढेर ६.८५ पुग्यो, बर्दियामा सय घर डुबे

बर्दियाः दुई दिनदेखि परेको लगातार वर्षाका कारण बर्दियामा एक सय १० घर डुबानमा परेका छन् भने सयौँ मानिस विस्थापित भएका छन् । असार १० र ११ गते आएको वर्षाका कारण बर्दियाको बासगढी नगरपालिका–४ मा रहेको सुकुम्बासी बस्ती खल्ला गाउँमा ५४ वटा घर, सोही नगरपालिकाको वडा नं ६ ककौरामा ३१ वटा घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–२ सगमबस्तीमा २० वटा घर र सानो ताराताल नगरपालिका–१२ मा पाँच वटा घर डुबानमा परेका छन् । दुई दिनदेखिको लगातारको वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह ५ दशमलब ८५ मिटरबाट बढेर ६।८५ पुगेको जल मापन केन्द्र चिसापानीले जनाएको छ ।badhi

प्रतिक्रिया

सम्बन्धित