अपेक्षा भन्दा बढि रकम जुटेपछि अर्थमन्त्रीले भने अन्तर्राष्ट्रिय सम्मेलन अत्यन्त सफल
काठमाडौँः अर्थमन्त्री डाक्टर रामशरण महतले नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन अत्यन्त सफल भएको बताउनुभएको छ । अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री तथा सम्मेलनका संयोजक डा महतले सम्मेलनमा नेपालले अपेक्षा गरेभन्दा राम्रो उपस्थिति र प्रतिबद्धता प्राप्त भएको बताउनु भयो । दातृ निकायबाट प्राप्त सहयोगले नेपालको पुनःनिर्माणमा महत्वपूर्ण सन्देश मिलेको अर्थमन्त्री महतको भनाई थियो । उहाँले सम्मेलनबाट आगामी दिनमा देशको आर्थिक अवस्था सबल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकम जुटेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले दाताको सहयोगमा कुनै अनियमिता नहुने र सहयोग वास्तविक पीडितसम्म पुग्ने बताउनु भयो । उहाँले प्राप्त सहयोग रकम आयोजना र परियषेजना मार्फत खर्च गरिने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षहरुमा दाताहरुले दिएको सहयोग रहमबाट आयोजना परियोजना सुरु हुने बताउनु भयो । यस्तै पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनले सहयोगका साथै अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि सुद्धिढ बनाएको बताउनु भयो । सम्मेलनमा क्रममा विभिन्न देशका प्रतिनिधीहरुकोसँगको छलफल भएको उहाँले जानकारी दिनु भयो ।
प्रतिक्रिया