पुनःनिर्माणमा चीनले ६५ अर्ब, नर्वेले १० अर्ब दिने
काठमाडौँः
चीन सरकारले नेपालको पुनःनिर्माणमा ६५ अर्ब रुपैयाँ सहयोग गर्ने बताएको छ । दाता सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले ६५ अर्ब सहयोगको घोषणा गरेका हुन् । उनले नेपालमा भूकम्प प्रतिरोधि संरचनाको निर्माणकालागि सहयोग गर्ने बताएका हुन् । उनले आवश्यक परे जस्तोसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको उल्लेख गरे । त्यस्तै नर्वैले पनि १० अर्ब सहयोगको प्रतिवद्धता जनाएको छ ।यसैगरि नर्वेका विदेशमन्त्री वर्ग ब्रण्डेले दाता सम्मेलनमा सम्बोधन गर्दै आर्थिक सहयोगको घोषणा गरेका हुन् । अन्य दाताहरुले पनि सहयोगको प्रतिवद्धता जनाइरहेका छन् ।
प्रतिक्रिया