गृहमन्त्रीकै अगाडि सहसचिवको ढाड खुस्काउने धम्की
काठमाडौं । बैदेशिक रोजगारको क्षेत्रमा यतीबेला भाँडभैलो मच्चिएको छ । सात देशमा शून्य लागतमा कामदार पठाउनुपर्ने विषयलाई लिएर व्यवसायीहरु तर्सिएका बेला बैदेशिक रोजगार विभागले अर्काे आतंक सिर्जना गरेको छ । विभागका महानिर्देशक भरत सुवेदीले धमाधम केही मेनपावर कम्पनीहरुमा छापा हानेर सम्पत्ति समेत छानबिन गर्न थालेपछि व्यवसायीहरु आतंकित बनेका हुन् । विभागले छानी–छानी केही मेनपावरमा केही दिन यता छापा हान्दै आएको छ । बैदेशिक रोजगार संघको चुनाव लागिरहेका बेला त्यसरी छापा हानेपछि यसलाई धेरैले आश्चर्यका साथ हेरेका छन् ।
कुनै गिरोहसँग मिलेर नियतबश महानिर्देशक सुवेदीले दुःख दिएको भन्दै व्यवसायीहरु मंगलबार गृहमन्त्री वामदेव गौतमलाई भेट्न गएका थिए । सुवेदीले ऐन कानुन भन्दा बाहिर गएर छानबिनका नाममा दुःख दिएको भन्दै व्यवसायीहरु आक्रोशित भएका थिए । ‘कि उहालाई तुरुन्त कारबाही गर्नाेस् नत्र हामी नै ढाड खुस्काइदिन्छौं,’ गृहमन्त्रीकै अगाडि व्यवसायीहरुले यसरी आक्रोश पोखेका थिए ।
व्यवसायी रोहन गुरुङको आफन्तको समेत सबै सम्पत्ति बुझाउन महानिर्देशक सुवेदीले निर्देशन दिएका थिए । त्यस्तै कोशी इन्टरनेशनल, प्याराडाइस जस्ता मेनपावरमा समेत उनले छापा हानेका छन् । कागजपत्र छानबिन गर्ने नाममा केही मेनपावारको कारोबार नै उनले रोक्का गर्न थालेपछि व्यवसायीहरु आतंकित भएका हुन् । सबै जसो मेनपावर व्यवसायीहरु यतीबेला उनीविरुद्ध आन्दोलनको तयारीमा जुटेका छन् ।
सुवेदीलाई तत्काल सरुवा गर्नुपर्ने माग श्रममन्त्री टेकबहादुर गुरुङलाई पनि उनीहरुले राखेका छन् । बुधबार पनि व्यवसायीहरु राज्यमन्त्री गुरुङकोमा पुगेर सुवेदीलाई कारबाहीको माग गरेका थिए । दुई वटा नागरिकता लिने र बिदेशी पीआर बोक्ने सहसचिव सुवेदीलाई कारबाही नगरेर जभाभावी गर्न दिइएको भन्दै विरोध गरेका छन् । गृहमन्त्री गौतमले लिखित उजुरी दिन आग्रह गर्दै कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
राजश्व अनुसन्धान विभागमा हु“दा व्यवसायीहरुलाई दुःख दिएको भन्दै उनी विवादमा तानिएका थिए । जभाभावी छापा हानेर अनुसन्धान जस्तो गरेर असुल्ने शैली सुवेदीले अपनाउ“दै आएका छन् । दुई वटा नागरिकताको विषयमा सामान्य प्रशासन मन्त्रालयले उनीमाथि छानबिन थालेको छ ।यूनाइटेड पोस्ट साप्ताहिकबाट
प्रतिक्रिया