डा अच्युत एकेडेमिक काउन्सिलमा नियुक्ती
नेपालका एक युवाले उच्च सफलता हात पारेका छन् । उनको अध्ययन र अनुसन्धानलाई हेरेर भारतको हरियाणा राज्यको सबैभन्दा ठूलो सरकारी कुरुक्षेत्र विश्वविद्यालयले काभ्रे, खनालथोकका डा. अच्युत अर्याललाई एकेडेमिक काउन्सिलमा नियुक्ती गरेको छ । रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नाकोत्तर र भारतको राजस्थान स्थित मेवार बिश्वविद्यालयमा मास एण्ड मिडिया कम्युनिकेसनमा बिधावारिधि गरेका २८ बर्षे डा.अर्याल हरियाणा राज्यको सबैभन्दा ठुलो सरकारी विश्वविद्यालय अन्तर्गत एकेडेमिक काउन्सिलमा नियुक्त भएका हुन ।
उनले यसअघि कालिञ्चोक कलेज दोलखा, मदन भण्डारी मेमोरियल कलेज काठमाडौ, निम्स कलेज, ललितपुर लगायतका कलेजमा पत्रकारिता बिषय पढाएका थिए । उनले ३ बर्ष सिओल थियोलोजिकल विश्वविद्यालय अन्तर्गत रहेर बाइबल संचार पढाए । नेपाल-कोरिया इन्टरनेशनल कलेजमा यस अघि उनि बिब्लिकल कम्युनिकेसन एण्ड मिडिया विभागका प्रमुख रहिसकेका छन् ।
यस्तै काठमाडौं विश्वविद्यालयको पत्रकारिता र आमसंचार विभागमा समेत उनले अध्यापन तथा शोध सुपरिवेक्षण गरिसकेका छन् । सन् २०११ मा मार्टिन चौतारी फेलोसिप पाएका अर्यालले लामो समय तिब्बती शरणार्थी बारे अध्ययन गरेका थिए ।
उनको बिधावारिधि शोधले अमेरिकाको इलियोनोसिस विश्वविद्यालयकी प्राध्यापक एलिजावेथ नोली नुमेनको सिद्धान्त ‘मौनताको बर्तुलाकार’ सिद्धान्त अस्विकृत गरिदिएकी थिइन ।
जसको बदलामा उनले विद्रोहको बर्तुलाकार सिद्धान्तको प्रतिपादन समेत गरेका छन् । अमेरिकाको जर्नल अफ मासकम्युनिकेसन एण्ड जर्नालिजममा यसै कारण उनलाई पढ्नेहरु दुई दिनमै आठ हजार नाघेका थिए । यसै अन्तर्गत उनले १० हजार डलरको पुरस्कार समेत पाइसकेका छन् । मेवार विश्वविद्यालय उनी विद्यावारिधिका टपर हुन् । हवार्ड विश्वविद्यालयले समेत पिएचडी पछिको डि.लिट. अध्यनलाई उनको अल्पसंख्यक–सिमान्तिकृत परियोजनामा रुचि देखाएको छ ।
उनी फिलिपिन्स, भारत र अमेरिकाका विभिन्न रिसर्च एजेन्सीका कन्सल्टेन्ट समेत हुन् । अर्यालका विभिन्न किताबहरु पत्रकारिताका विद्यार्थीले नेपालमा समेत पढ्छन ।
मदन भण्डारी मेमोरियल कलेजमा स्नातक पढ्दै देखि शोधमा खास रुची राख्ने उनले अहिलेसम्मन विभिन्न सिद्धान्तहरु प्रतिपादन गरिसकेका छन् । अर्यालका हाल तीनवटा संचार सिद्दान्तहरु छन् । काठमाडौ विश्वविद्यालयमा सन् २०११ मा प्रस्तुत गरेको ‘एम थ्यौरी अफ कम्युनिकेसन’, ‘विद्रोहको बर्तुलकार सिद्धान्त’ र ‘बिस्नोइ संचार सिद्धान्त’ चर्चामा छन् । यसमध्ये बिस्नोइ संचार सिद्धान्त भारतका ७० लाख बिस्नोइ समुदायले मान्ने २९ शुत्रमा आधारित छ भने अर्याल यसलाई आफ्नो पूर्व जन्मको गुरुदक्षिणा भएको बताउँछन ।
यहि सिद्धान्तको चर्चाका कारण समेत उनलाई एकेडिमेक काउन्सिलमा नियुक्तिको ढोका खुलेको हो । गुरु जम्भेश्वरलाई आदर्श मान्ने हरियाणामा यसप्रकारको काम पहिलो र सम्मानजनक मानिएको छ । अध्यात्म प्रति बिशेष दखल भएका अर्याल ‘श्रमातित मोक्ष’का नामले समेत चर्चित छन् । उनको मोक्ष निकेतन गुरुकुल अन्तर्गत धेरैले दीक्षा लिइसकेका छन् ।
‘मोक्षको आशक्ति र मोहमै नहराउ मोक्ष भन्दा पर जाउ’ भन्ने आदर्श ज्ञान उनले आफ्ना शिष्यहरुलाई बाँडने गर्छन । विद्यार्थी राजनीतिलाई छाडेर अध्ययनमा लागेका उनले एकताका बेरोजगार आन्दोलन चर्काएका थिए । मे १ को विश्व मजदुर दिवस झैं जनवरी १ लाई संयुक्त राष्ट्रसंघले बिश्व अमजदुर ‘बेरोजगार दिवस’को घोषणाको माग गर्दै आएका उनले सडकमा चिता बनाएर चितामाथि बसेर आफूलाई जिउँदै जलाउन सरकारसँग माग समेत गरेका थिए ।
प्रतिक्रिया