दातालाई नौ डिजाइनका भूकम्प प्रतिरोधी घर देखाइने
काठमाडौँः आज बाट सुरु हुन लागेको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहरी विकास मन्त्रालयले नौ प्रकारका घरका डिजाइन प्रदर्शन गरिने भएको छ । भूकम्पपछिका क्षतिग्रस्त घरको सट्टा नेपालको ग्रामीण क्षेत्रमा निर्माण हुने भूकम्प प्रतिरोधी नौ प्रकारका घर मन्त्रालयल प्रदर्शनमा राख्न लागेको हो । मन्त्रालयको भवन विभागले तयार पारेका ती घरहरुको नक्सासहितको फ्लेक्स दाता र विकास साझेदारलाई ध्यानाकर्षण गराउने सम्मेलन केन्द्र सोल्टी होटेलको परिसरमा प्रदर्शन गरिने कार्यक्रम रहेको छ । बढी ग्रामीण र कम सहरी क्षेत्रमा समेत उपयोगी हुने ती डिजाइन विशेष गरी भूकम्पबाट अति प्रभावित १४ जिल्लालाई लक्षित गरी बनाइएको भवन विभागले जनाएको छ । प्रदर्शनमा एकतले, तीनतले र दुई तले ६ प्रकारका घरका डिजाइन विभागले तयार पारेको छ । विभागकाअनुसार ढुंगामाटो, टुंगा सिमेन्ट, इँटा सिमेन्ट लगायतका भवनहरु प्रदर्शनमा रहभागी छन् । प्रदर्शनका लागि तयार पारिएका भवनको मोडेल, प्रविधि, कामदार लागत लगायतबारे समेत उल्लेख गपिरएको छ । विभागका उपमहानिर्देशक शाहका अनुसार साढे तीन लाखदेखि २० लाखसम्म पर्ने भवनहरु प्रदर्शनमा राखिने राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया