काठमाडौँः
अन्तराष्ट्रिय सम्मेलनमा ७ देशका मन्त्रीसहित विभिन्न देश र अन्तराष्ट्रिय संघसंस्थाका झण्डै २ सय ५० प्रतिनिधि सहभागी हुने भएका छन्। भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनमा ७ देशका मन्त्रीसहित ५३ मित्रराष्ट, अन्तरदेशीय संघसंस्था तथा व्यक्ति गरी अहिलेसम्म २ सय ३९ विदेशी प्रतिनिधिले सम्मेलनमा भाग लिने निश्चित भइसकेको अर्थमन्त्री रामशरण महतले जानकारी दिनुभयो ।
सरकारले ७० देश, संघसंस्था तथा व्यक्तिलाई आमन्त्रण गरेको थियो। अर्थ मन्त्रालयका अनुसार, भारत, चीन, नर्वेबाट परराष्ट्रमन्त्री, भूटान, बंगलादेशबाट अर्थमन्त्री, श्रीलंकाबाट विपद व्यवस्थापनमन्त्री, जापानबाट परराष्ट्र राज्यमन्त्री सम्मेलनमा सहभागी हुने छन्।
भूकम्पपछि पुननिर्माणको विषयमा छलफल गर्न भारत र चीनका सरकार प्रमुखलाई आन्त्रण गरेपनि दुवै देशका सरकार प्रमुखले आफ्नो व्यस्तता देखाउँदै आउन नसक्ने जानकारी नेपाल सरकारलाई दिएका थिए। त्यसैगरी एशियाली विकास बैंकका अध्यक्ष, जाइकाका अध्यक्ष, विश्वबैंकका उपाध्यक्ष र यूरोपियन यूनियनका विकास मामिला कमिशनर, राष्ट्रसंघका सहायक महासचिवले पनि सम्मेलनमा भाग लिनेछन्।
प्रतिक्रिया