द नेक्स्टले प्रदान गरेको सेवा र सुविधाप्रति विद्यार्थीहरु ढुक्क छन्

सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिंदै आएको छ । काठमाडौंको डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा र अष्ट्रेलिया स्थित सिड्नीमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही माघ ६, ७ र ८ गते क्रमशः काठमाडौं, वुटवल र चितवनमा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर –२०१८’ आयोजना गर्न गइरहेको छ । सन् २०१७ को जनवरीमा पहिलो अष्ट्रेलियन एजुकेसन फेयर सम्पन्न गरिसकेको नेक्स्टले दोस्रोपटक आयोजना गर्न गईरहेको फेयरको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

० एउटा विद्यार्थीलाई एजुकेसन फेयर हुनु र नहुनुमा तात्विक भिन्नता हुन्छ ?
– हुन्छ । वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँ–नयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समय क्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सूचना र परामर्श प्रदान गर्छ । अर्काेतर्फ विदेशी मुलकमा अध्ययन गर्न जाने विद्यार्थीका लागि त सहि सुचना र परामर्शको ठुलो आवश्यकता पर्दछ । यसका लागि फेयर उपयुक्त थलो हो ।

० विशेषगरी विदेशी मुलक वा विश्वविद्यालयहरुका अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मध्यनजर गर्दै विभिन्न एजुकेसन फेयरहरु सञ्चालन भइरहेका हुन्छन् । सवै फेयरहरुको स्वरुप एउटै हुन्छ वा पृथक पनि हुन्छन् ?
– मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सिएक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागी गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदान गर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग बिद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवाद गर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् ।

० यही माघ ६ गते तपाईंहरुले गर्न लाग्नु भएको ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ कुन प्रकारको फेयर हो ?
– हामीले द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८ काठमाडौंमा मात्र होइन वुटवल र चितवन पनि गर्न गइरहेको छौं । माघ ६ गते शनिवार काठमाडौंको अन्नपूर्ण होटल, ७ गते आईतबार बुटवल स्थित क्लव डेनेबो होटल र ८ गते सोमवार ंचितवन भरतपुर स्थित गार्डेन रिसोर्टमा यो फेयर सञ्चालन हुनेछ ।
यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको आयोजनामा हुन गइरहेको हो । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्युसन फि र कलेजहरुको छनौट गरेर अष्ट्रेलिया जान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्या झेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ ।
फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

० फेयरमा कुन–कुन अष्ट्रेलियन शैक्षिक संस्थाहरुको सहभागिता रहने छ ?
– द नेक्स्ट अष्ट्र«ेलियन एजुकेसन फेयर—२०१८ मा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ । फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड, लगायत धेरै कलेज तथा युनिभर्सिटीहरुको उपस्थिती रहनेछ ।

० अष्ट्रेलियन एजुकेसनसँग सम्बन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिन दिंदै आउनु भएको छ, फेयर नै किन गर्नु प-यो ?
– द नेक्स्टमा १०/१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्र्श दिँदै आउनु भएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्षरुपमा कलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन ।

० अष्ट्रेलिया जाने विद्यार्थीहरुले कुन–कुन कुरामा विशेष ख्याल पु-याउनुपर्छ ?
– अष्ट्रेलिया जानुभन्दा अगाडि कुन विषयको अध्ययने आफ्नो करिअर निर्माण हुन्छ भन्नेमा विद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामथ्र्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ?यसबारेमा जानकारी लिनुपर्छ र सोही अनुसार प्रोसेस गर्नुपर्छ ।

० द नेक्स्टले विद्यार्थीहरुलाई विदेशमा अध्ययन सकेपछी स्वदेश फर्काउन के कस्तो पहल गरेको छ ?
– द नेक्स्ट आफ्नो जिम्मेवारी प्रति सचेत छ, विद्याथीहरुलाई विदेशमा उच्च शिक्षा अध्ययन गरीसकेपछी स्वदेशमै फर्केर केहि गर्न उत्प्रेरीत गछौं र उनिहरुलाई भोलीका दिनमा नेपालमै धेरै स्कोप भएको विषयहरु अध्ययन गर्नका लागि पनि अभिप्रेरीत गछौं ।

० विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्च मागका कारण धेरै शैक्षिक परामर्श दाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ?
– द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदान गर्दै आइरहेका छौं । हामीकहाँ आउने हरेक विद्यार्थीले सही गाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाट पनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आईएलटिएस मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामथ्र्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामी मार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि जे जे गर्नुपर्छ त्यो सबै गछौं ।
० ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ?
– द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वासप्रति हामी आभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्त बनाउन चाहान्छौं । द नेक्स्टले यही जनवरी २० तारिखमा काठमाडौंको होटल अन्नपूर्णमा र २१ र २२ मा क्रमश बुटवल र चितवनमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’मा सहभागि भइदिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछु । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्नुस् र वेष्ट कलेज र युनिवर्सिटी चुज गर्नुस् भन्न चाहाछु ।

 

प्रतिक्रिया

सम्बन्धित