कुवेतमामा नेपाली पञ्चे बाजा र गुन्द्रुक

काठमाडौं । कुवेतमा ‘एशियन बजार २०१८’ कार्यक्रम आयोजना गरिएको छ । कुवेतको व्यापारिक संस्था सीर्इर्इ नेटवर्क र एशियाली देशका राजदूतावास एवं महाबाणिज्य दूतावासहरूको संयुक्त अयोजनामा पाल्म बिच होटेलमा अयोजित कार्यक्रममा नेपाली राजदूतावासले भिन्दै स्टल राखेर त्यसमा सहभागिता जनाएको थियो ।

नेपालको स्टलमा नेपालका पस्मिना शल, चिया, काष्टकला तथा हस्तकलाका सामग्रीहरू, कागजजन्य वस्तुहरू, आभूषणहरू जस्ता प्रमुख निर्यातयोग्य बस्तुहरू प्रदर्शन गरिएको थियो ।

उक्त बजारमा उपस्थित भएका कुवेती एवं अन्य विदेशीहरूले नेपाली वस्तुहरू मन पराएर खरिद समेत गरेका थिए ।

मेलामा नेपालको पञ्चे बाजा, मादल, बाँसुरी जस्ता बाद्यबादन र नेपाली गीत एवं नृत्यको प्रस्तुतिव्दारा नेपालको संस्कृतिको समेत प्रचारप्रसार गरिएको थियो । उक्त अवसरमा सेल, फिनी, खीर, गुन्द्रुकको अचार, मम जस्ता खानाका परिकारहरू राखेर नेपालको खानाको समेत प्रचारप्रसार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित