मेलेसियामा यु १९ एसिया कप क्रिकेट सुरु,नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं । १९ वर्षमुनिको एसिया कप क्रिकेट आजबाट मेलेसियामा सुरु भएको छ । नेपालले शनिबार भोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा अहिले भारत र मलेसिया, पाकिस्तान र अफगानिस्तान, युएई र श्रीलंकाबीच खेल भइरहेको छ ।

प्रतियोगिताका लागि मलेसिया जानुअघि बंगलादेशमा अभ्यास खेल खेलेको नेपाली टोली उच्च मनोबलसहित मैदान उत्रिँदैछ । नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले बंगलादेशको तयारीले आफूहरुमा आत्मविश्वास बढेको बताएका छन् ।आठ टोली सहभागी प्रतियोगितामा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आयोजक मलेसिया र दुई क्षेत्रीय विजेता प्रतिस्पर्धी छन् । नेपाल पूर्व क्षेत्रको विजेता हो । नेपाल रहेको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश र मलेसिया छन् ।

प्रतिक्रिया

सम्बन्धित