शुभकामना पत्र बोकेर भारतीय राजदूत पुरी ओली निवासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले बधाइ तथा शुभकामना दिन ओली निवास बालकोट पुगे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना पत्र लिएर बिहीबार साँझ बालकोट पुगेका पुरीले प्रधानमन्त्री ओलीलाई बधाई दिएका फर्केका हुन् ।

बिहीबार मध्यराति नै प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुस्मा स्वराजले ओलीलाई टेलिफोन गरी कार्यकाल सफलताको शुभकामना दिएका थिए । टेलिफोन वार्ताको क्रममा मोदीले भारत भ्रमणको निम्तो दिएको र ओलीको कार्यकालमा दुई देशबीचको सम्वन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे भने ओलीले पनि मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणका लागि आउन निम्तो दिएको ओलीको नीजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित