काठमाडौंका नयाँ एसएसपी भन्छन - लोभलालचमा परेर घुस खाने प्रहरीमाथि कडा कारवाही हुन्छ
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका नयाँ प्रमुख एसएसपी विश्वराज पोखरेलले लोभलालचमा परेर गलत कार्य गर्ने प्रहरीलाई कडा कारवाहीको चेतावनी दिएका छन् ।
शनिबार मातहतका प्रहरीहरुलाई ब्रिफिङ गर्दै उनले भने,‘जनतामा अविश्वास सिर्जना हुने र लोभलालच वा प्रलोभनमा परेर ७२ हजार प्रहरीको शिर झुकाउने काम गर्ने व्यक्तिले प्रहरी संगठनभित्र रहन पाउँदैन। पछिल्लो समय बलात्कार प्रकरणमा रकम असुल्ने देखी विभिन्न अपराधिक घटनामा प्रहरीको संलग्नता रहेको खुलिसकेको छ ।
एसएसपी पोखरेलले भने, ‘ प्रहरीभित्रका केही खराब व्यक्तिको कारणले अहिले सिङ्गो प्रहरी युनिटले शिर निहुर्याउनु परेको छ । अब प्रहरीको बर्दीमा हुञ्जेल कसैले पनि म व्यक्ति हुँ, यसो गर्छु भन्ने कुरा सम्झिन पाउने छैन। सिङ्गो प्रहरी युनिटको साख आफूले जागाउनु पर्छ भन्ने सम्झिनु पर्छ। '
प्रतिक्रिया