हेलिकोप्टर दुर्घटना हुँदा ६ महिने बच्चासहित १४ जनाको मृत्यु
काठमाडौं । मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार उक्त हेलिकोप्टर सान्टिआगोमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनास्थल भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै पर्दछ ।
बीबीसीका अनुसार हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल छन् । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
मेक्सिकोको ओक्साआकामा शुक्रबार ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो । भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।
प्रतिक्रिया