सिरियल किलर मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौ। दुई वर्षदेखि राजधानीलगायत देशको पश्चिम क्षेत्रमा अपरहरण,हत्या र फिरौती आतंक मच्चाउँदै आएका सिरियल किलर मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्।
बुधबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) टोली र रुपन्देही प्रहरीको टोलीसँग भिडन्त हुँदा गोली लागेर उनी मारिएका हुन्। रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोजेको प्रहरीले दाबी गरेको छ । पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । तर, पुन केही दिन अघी पक्राउ परेको समाचार बाहिर आएको थियो ।
घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएको र त्यहा उनको मृत्यु भएको प्रहरीले दाबी गरेको चाह । पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड थिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि नेपाल प्रहरी उनलाई पक्राउ गर्न सक्रियताका साथ खटेको थियो ।
हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) बाट खटेको टोलीले पक्राउ गरेको समाचारले सनसनी मच्चिएको थियो । बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समूहले काठमाडौंमा बस्नेत समूहसँग मिलेर अध्यक्ष गौचनको हत्या गरेको थियो । त्यस्तै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र काठ व्यापारी बलु पौडेलको हत्यामा पनि पुनको संलग्नता रहेको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_yWC2baMjPs_wggp94clffugctoho2gzlgmsh4a1rsph0gasmlvky958imhn15i4mzqt4wbm.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_bsMpO69ORC_nfgvpmknnu9bh6m7cg4gixi9wouto85rhlxxywjgvqobm4fepcpbhsd9x2tn.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_70uvmjZ2iA_tvwpfxlrxystk7wqflxsfb2lchnfwkpx410z1ymisaaj6evo3dilxkmlyvbf.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_x8e3f5HTc1_5mbq5gpzqbtazqay8ssmmayx4n2gna2acgtsgpqfweidpgafn8oh18mjbd0u.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया