अर्थमन्त्री डा. खतिवडाको परीक्षा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिस उल्ट्याएर केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा सांसदमा सिफारिसमा परेका पूर्व गभर्नर डा. युवारज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएसँगै उनीमाथि धेरै असर र चुनौतीहरु थपिएका छन् । आर्थिक रूपले कठिन अवस्थामा पुगेको अहिलेको समयमा डा. खतिवडाले अर्थमन्त्रीको कार्यभार सम्हालेसँगै उनीमाथि चुनौती थपिएको प्रष्ट नै छ ।
राजनीतिक नियुक्तिको पद बन्दै आएको अर्थ मन्त्रालयमा पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष खतिवडाको आगमनलाई अर्थपूर्ण रूपमा लिइएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अर्थमन्त्रीको पहिलो काम हुनेछ। बजेटलाई वितरणमुखी नबनाएर पूर्वाधार विकासमा केन्द्रित गर्न सके पनि उनले पहिलो परीक्षा सहज रूपमा पास गर्नेछन्। यससँगै धेरै जसो परिसूचक नकारात्मक भएको अर्थतन्त्रलाई सकरात्मक बाटोमा ल्याउनु उनका लागि ठूलो चुनौती हो।
मौद्रिक अर्थशास्त्रका विद्यार्थी खतिवडाले सन् १९९१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधी गरेका छन्। राष्ट्र बैंकको गर्भनर हुँदा घरजग्गा र सेयरमा गएको कर्जा नियन्त्रण गर्ने काममा उनले उल्लेख्य भूमिका खेलेका थिए। खासगरी बैंकिङ क्षेत्रमा उनको कार्यकालयमा गरिएका मर्जर, सुनको कोटा निर्धारणलगायत कामले लिक बाहिर जान थालेको अर्थतन्त्रलाई रोक्ने काम गरेको देखिन्छ।
अर्थमन्त्रीका रूपमा खतिवडासँग अवसरभन्दा चुनौती बढी छन्। एकातर्फ उनैले बनाएको घोषणापत्र र अर्कोतर्फ देशका सीमित स्रोत भएको ढुकुटी छ।
डा. खतिवडा आर्थिक विज्ञ भएकामा धेरैले सकरात्मक रूपमा लिएका छन्। तर, सर्वोच्च अदालतले ओली सरकारले सिफारिस गरेका डा. खतिवडा सहित तीन जनालाई सपथ नगराउन अन्तरिम आदेश दिएसँगै उनको अर्थमन्त्रीको पदमाथि प्रश्न चिन्ह पनि उब्जेको छ । यद्यपी खतिवडा ६ महिनासम्म सांसद नबनेको खण्डमा उनको मन्त्री पद स्वतः खारेज हुनेछ ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_YrWWYIF0NI_mlvuid9dhpn8sz33suq5kqb3jestoy2g9ciz7ou5egejrk3tummpi0drl5oc.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_UOEhET0Mvg_haxky1qop3jckfiehzwsnggboerlifdstaqixcu1xov5tfnl4vu1wh3u93ce.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_EwfJxtRRLf_qzscfmmgvc2f1p4ufzhemw4swmsvwo0riy42l3bqnnjnnx3q8xwpwk6etick.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_89hf0FQ95j_mmn8ohuphohucnhivdxdfwy6noonjvsbvzxnldicl1syywk8lwge7nmrgbfb.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया