नेइमारको खुट्टा भाँचियो

काठमाडौं । विश्वकै महंगा खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फुटबलर नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । गत अगस्ट महिनामा पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । उनी त्यसअघि बार्सिलोनाबाट खेल्दथे ।

पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन विश्वकै महंगो हो । लिग वान फुटबल अन्तर्गत आइतबार राति मार्सेविरुद्ध खेल्दा खुट्टामा चोट लागेर उनी घाइते भएका थिए । सो खेलमा पीएसजी ३–० ले विजयी भएको थियो । फ्रेन्च

उपचारको क्रममा नेइमारको मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको पाइएको छ । पीएसजी क्लबका फरवार्ड नेइमारले अब च्याम्पियनसीपको अन्तिम १६ का लागि रियल मड्रिडविरूद्ध हुने खेल गुमाउने छन् । किनकी उनलाई चिकित्सकहरुले केही दिन आराम गर्न भनेका छन् । नेईमार कहिले मैदानमा फर्कन सक्छन् भन्नेबारे क्लबले आधिकारीक रुपमा केही बताएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित