सीमामा फेरि पनि भारतको ज्यादती, नेपाल सरकार बेखबर

दार्चुला । छिमेकी राष्ट्र भारतले फेरि पनि सीमामा ज्यादती थालेको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाएर ज्यादती गरेको हो । भारतीय पक्षले नेपाली भूमिमै आएर बाटो बनाएको छ । भारतीय पक्षले नेपालतिर मानव बस्ती नभएको तथा राज्यको उपस्थिति नरहेको व्यास गाउँपालिका–२ ताम्पाकु, घाटबगर, दोपखे नज्यगं क्षेत्रमा काठेपुल निर्माण गरेको हो । नेपाली पक्षलाई जानकारी नै नगराई उसले बस्तीविहीन स्थानमा महाकाली नदीमा तम्बाकु र लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएकोमा नेपाल सरकार भने अझै बेखबर छ ।

नेपाली पक्षबाट कुनै सहमति नै नलिइ भारतले डोजर ढुवानी, दुईवटा काठेपुल निर्माण र नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गरिसकेको छ । व्यास गाउँपालिका–२ राप्लाको दुम्लिङभन्दा माथिको क्षेत्रमा भारतले दुईवटा काठेपुल र दुई किलोमिटर लामो गोरेटो बाटो निर्माण गरेको हो ।

भारतीय पक्षले महाकाली नदीवारि नेपालको भूमिमा आफूअनुकूल बाटो खनेर सामान तथा उपकरण ढुवानी गर्न नेपालको स्थानीय प्रशासनसँग केही समयअघि अनुमति मागेको थियो । तर, भारतीय पक्षले अनुमतिबिनै नेपाली भूमिको प्रयोग गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसबारे गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको छ तर गृहको निर्णय नपर्खिकनै भारतले काम सुरु गरेको छ।

चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुइटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरि नेपाली पक्षसँग छलफल गरेको थियो। नेपाली पक्षबाट कुनै पनि विषयमा भारतलाई सहमति वा अनुमति दिइएको छैन। भारतले भने डोजर ढुवानी, दुईवटा काठेपुल निर्माण र नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गरिसकेको छ । यसको पुष्टि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थलगत भ्रमणपछि गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित