नेपाललाई भाग्य कोर्ने अवसर

काठमाडौं । नेपालले आज आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुने भएको हो । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।

आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । जिम्बाब्बेलाई स्तब्ध तुल्याउन सके नेपाललाई अघि बढ्न मार्गप्रशसस्त हुनेछ । तर, नतिजा जिम्बाब्बेको पक्षमा गएमा नेपालको यात्रा सहज हुनेछैन ।

डिभिजन–२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।

जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपालमाथि दबाब त छ नै तर, डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।

जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ । घरेलु मैदानमा उत्रँदा टोलीसँग दसौंपल्ट विश्वकपमा पुग्ने लक्ष्य हुनेछ । १० राष्ट्र सहभागी प्रतियोगिताको फाइनल पुग्ने टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकपमा छानिने छन् ।

वान–डे अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठमा नपरेका जिम्बावेसहित वेस्ट इन्डिज, आयरल्यान्ड र अफगानिस्तान विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् । धेरैको नजरमा यी चारमध्ये दुई टोली विश्वकप पुग्ने अनुमान छ । जिम्बावे अझै त्यसमा दाबेदार टोली हो । घरेलु मैदानमा खेल्न पाएकाले पनि जिम्बावेको मनोबल उच्च छ ।

यता, नेपाल भने तेस्रोपल्ट विश्वकप छनोटमा खेलिरहेको छ । नेपालको पहिलो लक्ष्य वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । शीर्ष ८ भित्र पर्न सकेमा नेपालले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउने छ र प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट काठमाडौं फर्कने छ । गत महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता हुँदै नेपाल छनोटमा पुगेको हो । समूह ‘बी’ मा नेपाल र जिम्बावेसहित अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन् ।

प्रतिक्रिया

सम्बन्धित