२१ दिन सार्वजनिक बिदा घट्दै

काठमाडौं । सरकारले सार्वजनिक बिदामा कटौती गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृह मन्त्रालयले सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव गरेको हो। हाल दिइँदै आएको बिदामा २१ दिन कटौती गर्न प्रस्ताव गरेको गृह मन्त्रालयले जनाएको छ।

सरकारले वर्षेनी विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ। गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा दिने गरी सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरेको छ।

ढी बिदा दिनु सरकारीस्तरमा काम चोर संस्कृति मौलाउनु भएको भन्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बिदा धेरै हुँदा विकास निर्माण र सेवा प्रवाहका कार्य प्रभावकारी हुन नसकेकाले बिदा कटौती अत्यावश्यक रहेको बताएका छन् ।
हाल एक वर्षमा ५२ दिन शनिबारको बिदा हुँदै आएको छ भने बाँकी ५३ दिन विभिन्न चाड तथा दिवसको अवसरमा बिदा हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित