‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’

काठमाडौं । एजुकेशन कन्सलटेन्सीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नयाँ कार्यसमिति चयनमा जुटिसकेको छ । इक्यानले आगामी बैशाख ८ गते नयाँ नेतृत्वको लागि निर्वाचन गर्ने तयारी थालेको छ । दुई वर्ष अगाडि अध्यक्ष बनेका प्रकाश पाण्डेले इक्यान कसलाई नेतृत्व सुम्पने हुन् त्यो भने निर्वाचनले नै तय गर्ने छ ।

अघिल्ला वर्षहरु झैं यस वर्ष पनि अध्यक्ष पदका लागि दुई समूहबीच भिडन्त हुने निश्चित छ । नेट्कोटेक टेक्नोलोजी प्रालिका प्रमुख कार्यकारी निर्देशक तथा इक्यानका पूर्व उपाध्यक्ष सरोजकुमार बस्नेतले अध्यक्ष पदमा उम्मेदवारी दिने को घोषणा गरेका छन् भने वर्तमान उपाध्यक्ष विष्णुहरी पाण्डेले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । आफू नेतृत्वमा नहुँदा व्यवसायीहरुको हितमा गर्न खोजेका कामहरु गर्न नसकिएको भन्दै इक्यानको नेतृत्व लिन चाहेको बस्नेत बताउ“छन् ।

नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा बस्नेतको समूहबाट उपाध्यक्षमा राजेन्द्र रिजाल, निरज सिटौला (भुपेन्द्र), महेशबाबु तिमिल्सिना र महासचिवमा वर्तमान महासचिव सन्तोष प्याकुरेलले उम्मेदवारी दिंदैछन् । यि सबै जना व्यवसायिक भिजन बोकेका उम्मेदवार हुन् ।

इक्यानभित्र राजनीति हावी भइरेको अवस्थामा अध्यक्षका प्रत्यासी बस्नेत भन्छन्–‘इक्यान विशुद्ध व्यवसायीक संस्था हो, यहाँ कुनै पनि प्रकारको राजनीति हुँदैन र हुन दिनु हुन्न । सबै व्यवसायीहरुलाई समेटेर अगाडि बढ्छु ।’ इक्यानको विधान अनुसार नयाँ नेतृत्वले दुई वर्ष संस्थामा रहेर काम गर्ने अवसर पाउँछ । त्यसैले बस्नेत ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने अभियान नै बनाएको बताउँछन् । बस्नेत भन्छन्–‘व्यवसायीहरुको राजनीतिक आस्था जता भएपनि इक्यानलाई विशुद्ध व्यवसायीक संस्था बनाउँछु ।’

विगत १५ वर्षदेखि कन्सलटेन्सी क्षेत्रमा आवद्ध बस्नेतलाई इक्यानका अधिकांश सदस्यहरुको साथ रहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पनि इक्यानको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बस्नेत बताउँछन् । व्यवसायिक हितका लागि काम गर्ने उनको पहिलो उद्देश्य रहेको छ । अनुभवी, सरल, विश्वाशिलो र धेरै व्यवसायीहरुको मन मस्तिष्कमा बस्न सफल बस्नेतले यस पटक भने इक्यानको नेतृत्व लिने पक्का पक्की जस्तै छ ।

शैक्षिक परामर्श व्यवसायीक क्षेत्रमा अर्थ न्यायीक स्वायत्त संस्था बनाउनु पर्ने आवश्यकता महसुस भएको छ । यस क्षेत्रलाई अर्थ न्यायीक स्वायत्त संस्था(परिषद्) बनाउन सकेको खण्डमा यो क्षेत्र अझै व्यवस्थित, मर्यादित, व्यवसायी सुरक्षित हुने र अभिभावक तथा विद्यार्थीलगायत सुरक्षित हुने हुँदा बस्नेतले अबको कार्यकालमा सम्बन्धित निकायहरुसँग छलफल चलाएर न्यायीक स्वायत्त संस्था बनाउन पहलीकदम चलाउने बताएका छन् ।

त्यसैगरी समय–समयमा राज्यले परिवर्तन गर्ने नीति नियमले व्यवसायलाई पारेको असरहरुको अध्ययन गरी छिटो भन्दा छिटो सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, अन्तर्राष्ट्रिय स्तरका सूचना केन्द्रहरु नेपालमा ल्याउने, इक्यानमा इलाइबेरीको व्यवस्था गर्नेलगायतका कामहरु आफूले गर्ने बस्नेतले बताए ।

इक्यानको कार्यसमितिमा रहेर काम गरेको अनुभव भएका बस्नेतले अहिले भने साथीहरुको सहयोग र सल्लाहमा नै नया“ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । उनले व्यक्तिगत तर्फबाट चुनावी तयारी पनि तिब्र रुपमा गरिरहेको बताएका छन् । यतिबेला बस्नेत आफ्नो कार्यकाललाई कसरी सफल बनाउने भन्ने विषयमा अग्रज तथा व्यवसायीहरुसँग छलफलमा ब्यस्त छन् । उपत्यका मात्र नभई जिल्लाका व्यवसायीहरुसँग समेत बस्नेतले छलफल चलाइरहेका छन् । धेरै भन्दा धेरै व्यवसायीहरुको सल्लाहमा छिट्टै नै टिमको घोषणा गर्ने बस्नेतले यूनाइटेड पोष्टलाई बताए । बस्नेतले आफूले नेतृत्व पाएको खण्डमा एउटै उद्देश्य बोकेका अन्य संस्थाहरुसँग पनि कार्यगत एकता गर्न पहल गर्ने बताएका छन् ।

नेतृत्व आएको खण्डमा इक्यानलाई कसरी अगाडि बढाउनु हुन्छ ? भन्ने प्रश्नमा बस्नेत भन्छन्–‘मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गर्दै गर्दा अघि भने जस्तै ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने अभियानलाई तिब्र बनाउँछु । व्यवसायीहरुको हितका लागि काम गर्ने प्रयास गर्नेछु ।’

सम्बन्धित नियकायसँगको समन्वयमा विद्यार्थी तथा अभिभावकहरुलाई विश्वास दिलाउने खालका कामहरु बस्नेतको प्राथमिकतामा परेका छन् । अहिले एउटै कन्सलटेन्सीमा आएर धेरै देशको शैक्षिक अवस्थाका बारेमा बुझ्नु पर्ने बाध्यता छ । त्यसलाई न्यून गर्न, जस्तैः सम्बन्धित देशको राजदूताबाससँग समन्वय गरी सूचना केन्द्रहरु स्थापनाका लागि पहल गर्न, युकेका लागि ब्रिटिस काउन्सिल भनेजस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, अमेरिका, जापान, चीनलगायका देशको पनि सूचना केन्द्रहरु नेपालमा ल्याउनका लागि पहल गर्न, इक्यानमा इलाइब्रेरीको व्यवस्था गर्न, व्यवसायीहरुलाई आधारभूत तालिमको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय स्तरका वर्कसपहरु जस्तैः वाइबा, ईसाना, नाप्सा, आइसिएफका वर्कसपहरु नेपालमा सञ्चालन गरेर एजेन्ट र विद्यार्थीहरुलाई जानकारी दिलाउन तथा विद्यार्थीहरुबाट लिईंदै आएको एक प्रतिशत शैक्षिक करबाट पनि विद्यार्थीले के–कस्तो सुविधा उपभोग गर्न पाउ“छन् त्यसको खोजी गरी विद्यार्थी तथा अभिभावकहरुलाई सहज हुने बाटो खोज्न पनि बस्नेतले भरुपूर प्रयास गर्ने बताएका छन् ।

‘यि सबै काम गर्नका लागि मैले हिजोका दिनमा पनि कोशिष गरेकै हुँ । तर, विभिन्न कारणले हरेक कुराहरु सम्भव हुन सकेनन् । त्यसैले यि सबै काम गर्नका लागि आफ्नै नेतृत्वको खा“चो महशुस गरेर नै मैले उम्मेदवारी दिएको हुँ ।’ बस्नेतले थपे । अध्यक्षका प्रत्यासी बस्नेतले इक्यानमा आवद्ध भएका व्यवसायीहरुलाई हामी नयाँ नेतृत्व चयनको संघारमा रहेको भन्दै आफ्नो भन्दा पनि राम्रोलाई चुन्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित