राजेश हमाल अट्दा प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलिमा किन अटाएनन् परराष्ट्रमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली दुई दिने भारत भ्रमणका लागि २३ गते प्रस्थान गर्दैछन् । तर, प्रधानमन्त्रीको भ्रमणमा परराष्ट्रमन्त्री नै अनुपस्थित हुने भएका छन् । कलाकारसहितको टोली लिएर भारत जान लागेका प्रधानमन्त्रीको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नै सहभागी नहुने भएका हुन् । महाननयक राजेश हमाल भ्रमण टोलीमा हुने अनि परराष्ट्रमन्त्री चाहिं नहुने भन्ने विषयले यतिबेला चर्चा बटुलेको छ ।

तर, परराष्ट्रमन्त्री चैत २२ र २३ गते अजरबैजानको राजधानी बाकुमा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको तयारी गर्न परराष्ट्र मन्त्रिस्तरीय बैठकमा भाग त्यसतर्फ प्रस्थान गर्ने भएपछि प्रधानमन्त्रीको भ्रमणमा उनी अनुपस्थित हुन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको यो भ्रमणलाई भारतीय पक्षले विशेष महत्व दिएको छ । सामान्यतया प्रधानमन्त्री तथा राष्ट्रपति विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्री साथमा हुने प्रचलन छ । यस पटक यो परम्परा तोडिने भएको हो ।

प्रधानमन्त्री ओली राजकीय भ्रमणमा भारततर्फ उड्नु एक दिनअघि नै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजानतर्फ प्रस्थान गर्नेछन् । नेपालको तर्फबाट ज्ञवाली सम्मेलनमा भाग लिने तय भइसकेको छ । नेपाल असंलग्न राष्ट्रहरूको संस्थाको संस्थापक सदस्य राष्ट्र हो । त्यसैले पनि सो संस्थामा नेपालको सहभागिता विगतदेखि नै निकै महत्वपूर्ण हुँदै आएको छ ।

परराष्ट्रमन्त्री अजरबैजानबाट फर्कने क्रममा भारत भ्रमणको टोलीसँग बीचमा मिसिन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी समेत गर्नुपर्ने भएकाले परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजानबाट सिधैं काठमाडौं फर्कन पनि सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित