एनआईसी एशिया र नेपाल क्लियरिङ्ग हाउसबी सम्झौता

nicasia

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भूमिका निर्बाह गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । क्लियरिङ्ग हाउससँगको सहकार्यमा बैकमा खाता रहेका ग्राहकहरुले १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो । त्यसका लागि बैंकले क्लियरिङ्ग हाउसको ई–पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई बैंकमा फारम रुजु गराउन ग्राहकहरुसँग आग्रह गरेको छ । ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्र्तगत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ । 

बैंकले हालसम्म मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब र कुल निक्षेप करिब १३६ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले पे्रस विज्ञप्तीमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित