कालिमाटीपछि दुग्ध उद्योगमा कृषि मन्त्रीको छड्के, पाउडर गोदाममा शिल
काठमाडौं । तरकारीमा देखिएको सिन्डिकेट तोड्ने भन्दै एक साता अघि कालिमाटी तरकारी बजारको अनुगमन गरेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा समेत छापा मारेका छन् । दूध उत्पादन कम्पनीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन् ।
मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित सोमबार बिहान पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको बताए । दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले गरिदिएको छ ।
प्रतिक्रिया