जापानमा ६.१ रेक्टर स्केलको भूकम्प, तीन जनाको मृत्यु

japan

   काठमाडौं । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ ।

भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित