एनआईसीको डलर क्रेडिट कार्ड ४५ दिनसम्म निःशुल्क
काठमाडौं । एनआईसी एसिया बैंकले ‘भिजा इन्टरनेशनल यूएसडी क्रेडिट कार्ड’ सेवा शुरु गरेको छ । उक्त कार्ड नेपाल तथा भारत बाहेक अन्य देशमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । उक्त कार्डमा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जाको समेत सुविधा रहेको छ ।
निःशुल्क इ–कमर्स अनलाईन पेइमेन्टको सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने,१० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था समेत रहेको छ । अधिकतम ४५ दिन सम्म सर्भिस चार्ज फ्रि क्रेडिट पिरियड उपभोग गर्न सकिने सुविधा रहेको बैंकले बताएको छ ।
यसैबीच बैंकले एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिकास्थित लखन्तरीमा ११औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
भ्अय च्ययाष्लन
उक्त सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाका उपाध्यक्ष श्रीमती फुलकुमारी चौधरीले गर्नुभएको थियो । सो शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधि स्थानीय मनचन चौधरीलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडप्एसएल, डिस होमको महशुल भुक्तानी गर्नेलगायत स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकलका देशभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
प्रतिक्रिया