ग्रिजम्यानको उत्कृष्ट गोलसँगै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, काभानी बेन्चमा बस्नु उरुग्वेको लागि दुर्भाग्य
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा ग्रिजम्यानको उत्कृष्ट गोलसँगै फ्रान्सलाई जिताउन राफेल भराने
गोल गरेका थिए । दुई पटक विश्वकप जितिसकेको उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो। काभानी बेन्चमा बस्नु नै उरुग्वेका लागि दुर्भाग्य साबित भयो।
उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो । यस अघिको खेलमा काभानीले दुई गोल गरेका थिए ।
पहिलो हाफमा फ्रान्सका लागि भरानेले ४० औं मिनेटमा एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत अग्रता दिलाए। ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले हिर्काएको सट उरुग्वेका किपरले रोक्न नसक्दा उरुग्वे २–० गोलले पछाडि परेको थियो ।
योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । अब उसले फाइनल प्रवेशका लागि शुक्रबार राति हुने ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतिक्रिया