‘रअ’सँग सिङ्गापुरमा चार चरणमा वार्ता ?

prachandaraw

 काठमाडौं । झण्डै दुईसाता लामो सिङ्गापुर बसेर काठमाडौं आएका पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार पटकसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिनिधि र गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिहरूसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । प्रचण्डले सिङ्गापुरमा ‘रअ’का उच्च अधिकारीहरूसँग गरेको कुराकानीका बारेमा केही बताइएको छैन । तर, प्रचण्डलाई ‘रअ’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन दवाव दिएको उच्च स्रोतको भनाइ छ ।
‘रअ’ले नेपालमा सांस्कृतिक राजसंस्था, हिन्दूराष्ट्रका पक्षमा लचिलो बन्न प्रचण्डलाई दवाव दिएको छ । जवाफमा प्रचण्डले तत्काल केही गर्न नसक्ने तर, वातावरण बनाउन भने सक्ने जनाएको स्रोतको दावी छ । नेपालमा कम्युनिस्टहरूको बढ्दै गएको वर्चस्वबाट भारत र अमेरिकाले चिन्ता जनाउँदै आएका छन् । नेपालमा कम्युनिस्टहरूको दबदवा अन्त्य गर्नेबारेमा अमेरिका र भारतले मिलेर मिशन शुरु गरेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारबाट आजित भएको भन्दै ‘रअ’का प्रतिनिधिहरूले छिटोभन्दा छिटो यस विषयमा केही गर्नुपर्ने सुझाव प्रचण्डलाई दिएको स्रोतको भनाइ छ । ओलीले भारततिर झुकाव राखेपनि भारतले विश्वास गरिहालेको छैन । चीनसँग ओलीको साँठगाँठ अहिले पनि रहेको आरोप छ ।
पत्नी सीता दाहालको उपचार सँगसँगै प्रचण्डले आफ्नो राजनीतिक उद्देश्यअनुसार काम गरेको स्रोतको भनाइ छ । सिङ्गापुरबाट फिर्ता आएपछि प्रचण्डले देखिने गरेर भन्दा पनि नदेखिने गरेर आफू निकटका नेताहरूसँग गोप्य वार्ता र परामर्श गर्दै आएका छन् । त्यति मात्रै होइन प्रचण्डले पूर्व एमालेका नेताहरूलाई समेत आफूतिर तान्ने प्रयास गरेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकबाट 

प्रतिक्रिया

सम्बन्धित