सेञ्चुरीको नयाँ शाखा हात्तिगौंडामा

century

  काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकको हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तिगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले गरेका छन् ।

शाखा उद्घाटनका क्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमलगायतको उपस्थिति थियो । सो शाखा उद्घाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र बाहिर ८३ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ सेवा गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित