फ्लाई दुबईका पाइलटले रक्सी खाँदा ९ः४० को फ्लाइट अझै उडेन

fly dubai

  काठमाडौं । पाइलटले मादक पदार्थ सेवन गर्दा आज विहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने फ्लाई दुबईको जहाज अहिलेसम्म पनि उड्न सकेको छैन । फ्लाई दुबईकै कर्मचारीहरुले आज विहान उड्न लागेको विमानका क्याप्टेनलगायतका क्रिउ मेम्बर (चालक दलका सदस्यहरु) ले मादक पदार्थ खाएको हुनसक्ने भन्दै विमानस्थल प्रशासनलाई खबर गरेपछि फ्लाइट रद्द भएको हो ।

त्यसलगत्तै एयरपोर्ट प्रशासनको आग्रहमा फ्लाई दुबईले मादक पदार्थ सेवन गरी प्लेन उडाउन खोज्ने फ्लाई दुबईका क्याप्टेनसहितको क्रिउ मेम्बरलाई तत्काल उडान नपाउने गरी निलम्बनमा राखेको स्रोतले बतायो । फ्लाई दुबईले आइतबार ९ः४० बजेको उडानका क्याप्टेन गायत ६ क्रीउ मेम्बरलाई निलम्बन गरेको बताइएको छ ।

तर, यस विषयमा फ्लाई दुबईको विमानस्थलमा रहेको कार्यालयमा फोन गर्दा त्यहाँका कर्मचारीले आन्तरिक समस्याले गर्दा केही ढिला भएको हो भन्दै ५ बजेतिर विमान उड्ने जानकारी दिए । यता, विमानस्थल प्रशासनले भने पाइलट लगायको स्वास्थ्य जाँच गरिरहेको स्रोतले बतायो । निलम्वित क्याप्टेनसहित ६ जनै क्रिउ मेम्बर विदेशी नागरिक हुन् ।

विमानस्थलको भित्रै रहेका संवेदनशील ठाउँमा खोलिएका पसलहरुमा नै लुकिछिपी मादक पदार्थ बिक्री हुँदा यस्ता समस्या देखिदै आएका छन् । तर, विमानस्थल प्रशासनले अझैसम्म पनि विमानस्थलमा कानुन विपरित विभिन्न खाद्य सामाग्रि विक्री वितरण गर्ने पसलहरुमाथि कारबाही गर्न सकेको छैन । ‘विमानस्थलमा विवादित व्यपारी सुवास श्रेष्ठको हालीमुहाली चल्दा यस्ता समस्या दोहोरिरहेका छन् ।’ विमानस्थलका एक कर्मचारीले भने ।

प्रतिक्रिया

सम्बन्धित