आन्दोलन कांग्रेसकाे रहर होइन : सभापति देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कारण आफूहरु बाध्य भएर आन्दोलनमा गएको बताएका छन् । डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार गैंडाकोटमा सम्बोधन गर्दै सभापति देउवाले सरकारले प्रतिपक्षलाई आन्दोलनमा जान वाध्य बनाएको आरोप लगाएका हुन्।
सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै देउवाले भने–‘आन्दोलन हाम्रो रहर थिएन। सरकारले नै हामीलाई वाध्य बनायो। आन्दोलनको निम्ता सरकाले आफै दियो।’ सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गर्दै उनले नेपाली कांग्रेसको आन्दोलन गर्ने रहर नभएको पनि बताए ।
कार्यक्रममा बोल्दै सभापति देउवाले एउटा पार्टी भएर पनि गुप उपगुट हुँदा कांग्रेस कमजोर बनेको बनेको दावी गर्दै उनले भने–‘अब फरक राजनीतिक विचारसँग लड्ने समय आएकोछ । पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गर्दछु ।’
‘पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन । यो रोग निधान गर्न म प्रतिबद्ध छु ।’ उनले थपे ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै नेता पौडेलले कांग्रेसलाई नै बलियो बनाउनुपर्ने बताए । सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै उनले यो संविधान प्रतिकुल रहेको दाबी गरे ।
प्रतिक्रिया