जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

deepak raj joshi

   काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शैक्षिक प्रमाणपत्रलगायत विभिन्न मुद्दामा विवादित बनेका कायममुकायम प्रधानन्यायाधिश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाउने तयारी थालेको छ । प्रधानन्यायाधिशमा सिफारिस भए लगत्तै वरिष्ठ न्यायाधिश जोशी शैक्षिक प्रमाणपत्रलगायत विभिन्न मुद्दामा विवादित बनेका थिए ।

विवादित व्यक्तिलाई प्रधानन्यायाधिश बनाउँदा आफू नै विवादमा पर्न सक्ने देखिएपछि नेकपा जोशी प्रति सकारात्मक नदेखिएको स्रोतको दावी छ । जोशीलाई प्रधानन्यायाधिशमा अनुमोदन गर्ने÷नगर्ने सम्बन्धमा निर्णय गर्न आज दिउँसो संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको छ ।

तर, त्यस अघि नै नेकपा सांसदहरुको छुट्टै बैठक बस्ने पनि तयारी भएको छ । २ बजे हुने संसदीय सुनुवाइ समितिको बैठकअघि नेकपाका सांसदहरुको बैठक सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बस्ने नेकपा स्रोतले जानकारी दिएको छ ।

संसदीय सुनुवाइ समितिका नेताहरुलाई स्वविवेक प्रयोग गर्न भनेपछि सुनुवाइ समितिमा रहेका ९ जना सदस्यहरुको समान धारणा निर्माणका लागि बैठक बस्न लागिएको जनाइएको छ । सांसदहरुको बैठकले जोशीको नाम सिफारिस नगर्ने संभावना बढि रहेको नेकपाका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित