न्यूयोर्कमा रामकृष्णको एकल सांगितिक कार्यक्रम

ramkrishna dhakal

   काठमडौं । गायक रामकृष्ण ढकालले अमेरिकाको न्यूयोर्कमा एकल सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् । ‘ढकाल सुमधर साँझ’ नाममा आयोजित उक्त कार्यक्रममा ढकाले दुई दर्जनभन्दा बढि गीत गाए ।

‘ढकाल सुमधुर साँझ’का नाममा नेपालबाहिर पहिलोपटक उनले एकल प्रस्तुति दिएका हुन् । लाइभ ब्यान्डका साथ ढकालले गाइरहँदा उपस्थित दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । आफ्नो प्रस्तुतिको सुरुवात उनले राष्ट्रिय गीत ‘विहान उठ्ने बित्तिकै’ बाट सुरु गरे । राष्ट्रिय पोशाकमा सजिएर यो गीत प्रस्तुत गर्दा दर्शक दिर्घामा भावुकता छाएको थियो । त्यसपछि गीतको मुडअनुसार दर्शकको भाव बदलिँदै गयो ।

मितेरी ग्रुप समुहको हिमालयन इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको संयोजन अभय ढुंगेल गरेका हुन् । कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका वाणिर्ज्यदूत कृषु क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रम तीन घन्टासम्म चलेको थियो । यूगल गीतमा ढकाललाई स्थानीय कलाकारहरु बसन्ती राई र दिपा ढुंगेलले साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित