डिजिटल कारोबारमा सुरक्षित छाैं

NeeleshMan

  सात वर्षदेखि नेपाल क्लियरिङ हाउसको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत निलेशमान सिंह प्रधान नेपालको भुक्तानी प्रणालीको विकासलाई माथि उठाउन लागि परेका छन् । नेपाल क्लियरिङ हाउसको स्थापनाकालदेखि भुक्तानी प्रणालीको विकासमा लागिपरेका प्रधानले आर्थिक वर्ष २०७४/७५ सम्म आउँदा भुक्तानी प्रणालीमा धेरै सुधार ल्याएको पनि दाबी समेत गरे । हाल नेपाल राष्ट्र बैंकले समेत भुक्तानी प्रणालीको विकास गर्न नेपाल राष्ट्र बैंकले छुट्टै निर्देशिका ल्याइ भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) मा ३ वटा र भुक्तानी सेवा प्रदायक (पीएसपी) मा २ वटालाई अनुमति दिएको छ ।
हाल क्लियरिङ हाउससँग चेक क्लियरिङका लागि ८० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यस्तै अन्तर बैंकिङ कारोबारका लागि ७३ वटा बैंक तथा वित्तीय संस्थाका साथै ७ वटा गैरबैंकिङ संस्था आबद्ध रहेका छन् । विभिन्न मर्चेन्ट बैंक तथा वालेट कम्पनी यसमा आबद्ध भएका छन् । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउसमा हाल ८० भन्दा बढी बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदाय र रेमिट्यान्स कम्पनी आबद्ध भइसकेका छन् । यिनै विविध विषयमा प्रधानसँग गरिएको कुराकानी  :

निलेशमान सिंह प्रधान, प्रमुख कार्यकारी अधिकृत – नेपाल क्लियरिङ हाउस लिमिटेड

० नेपाल क्यिरिङ हाउस कहिले र किन स्थापना भएको हो ?
– नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसँग सम्बन्धित बनाएको नीतिलाई कार्यान्वयन गराउनका लागि राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानीमा स्थापना भएको कम्पनी हो नेपाल क्यिरिङ हाउस । यसले विभिन्न प्रकारका भुक्तानी प्रणालीका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गर्ने र कार्यान्वयनमा लैजाने यसको पहिलो काम हो ।

० यसको सञ्चालन कसरी हुन्छ ?
– विद्युतीय भुक्तानी प्रणालीको पूर्वाधार तयार गर्ने र कार्यान्वयनको काम गर्ने हो । जस्तै भुक्तानीका माध्यमहरू चेक, विद्युतीय कारोबारको पूर्वाधार निर्माण गर्छ र त्यस्तो कारोबारको राफसाफको लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने काम गरिहेको छ । अहिले जति पनि विद्युतीय भुक्तानीका माध्यमहरु अपनाइरहेका छन् ती माध्यम अब नेपाल क्यिरिङ हाउसको प्रणालीमा आबद्ध नभई कारोबार गर्न असहज हुने हुन्छ । किनकी अब विद्युतीय भुक्तानी प्रणालीका सबैजासो पूर्वाधार नेपाल क्यिरिङ हाउससँग आबद्ध नभइ गर्दा राफसाफमा कठिन हुन सक्छ । चाहे त्यो कुनै बिल भुक्तानी होस्, रेमिट्यान्सको कारोबार होस् वा अनलाइन पेमन्ट नै किन नहोस् । चेकबाट गरिने भुक्तानीका लागि नेपाल क्यिरिङ हाउसले छुट्टै पूर्वाधार बनाएको छ । त्यस्तै बिना चेक अनलाइनबाट गरिने रकम ट्रान्फरका लागि अर्को पूर्वाधार बनाएको छ ।

० यो सेवा कस्तो र कुन तरिकाबाट कारोबार गरिन्छ ?
– जस्तो चेकबाट गरिने र आफ्नो खाताबाट अर्काको खातामा सिधैं रकम पठाउने प्रणालीको विकास हामीले गरेका छौं । यो पूर्वाधारको प्रयोग विभिन्न भुक्तानी सेवा प्रदायक कम्पनीहरुले गर्छन् । भुक्तानी सेवा प्रदायकले आफ्नो ग्राहकलाई यही प्रणालीमार्फत सेवा दिन सक्छन् ।

० अहिलेको भुक्तानी प्रणालीमा कस्तो प्रकारको सेवाको गुणस्तर र सुरक्षा हुन्छ ?
– यसमा हामीले दुई तरिकाले हेर्नुपर्छ । हाम्रोमा हिजो परम्परागत रुपमा हुँदै आएको भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजाने हो । हिजो बैंकमा जम्मा गरेको रकम आफ्नो खातामा पैसा आउन सात दिनसम्म लाग्ने गरेको थियो । अहिले एकै दिनमा पनि रकम आफ्नो खातामा आउने प्रविधिको विकास गरेका छौं । एक्स्प्रेस क्लियरिङमार्फत त अझ केही घण्टामा नै चेकलाई रकममा रुपान्तरण गर्नेसम्मको अटोमेसनको विकास भएको छ । ग्राहकले आफ्नो सेवामा झट्ट हेर्दा ठूलो परिवर्तन नदेखे पनि सेवा प्रदायकको हकमा भने सेवा प्रवाहमा फरक परेको छ । हामीले हालै शुरु गरेको भनेको बैंकका खातावालाले आफ्नो खाताबाटै चेक नै नकाटी गरिने भुक्तानी हो । यसबाट ग्राहकको भुक्तानी प्रणालीमा सहजता ल्याउने प्रयास हो ।
ग्राहकले आफ्नो खातामा भएको रकम कसैलाई भुक्तानी गर्न परेमा बैंकलाई अनलाइनमार्फत दिएको कुनै पनि सूचनाको आधारमा अर्को व्यक्तिको खातामा रकम पठाउन सकिन्छ ।

० प्रविधिमा आधारित नगदको कारोबार गर्दा हाम्रोमा प्रयोग भइरहेको प्रविधि कति सुरक्षित छ त ?
– पैसा कारोबारको विषय आउने बित्तिकै सुरक्षाको प्रश्न पनि सँगै आउँछ । हुन त हामीले घरमा राखेको पैसाको पनि पूर्ण सुरक्षित छ भनेर भन्न सक्दैनौं । यद्यपि, डिजिटल कारोबार गर्ने भनेपछि यसको सुरक्षामा गम्भीर हुनै पर्छ । यसो भन्दै गर्दा डिजिटल वा अनलाइन पेमेन्ट प्रणालीमा नगइ पनि भएको छैन । प्रणाली विकाससँगै समाधानका उपाय पनि खोजिएका हुन्छन् । हामीले नेपालमा विश्वमा नै सुरक्षित मानिएको प्रविधि प्रयोग गरेका छौं । हामीले विश्वमा राम्रोसँग प्रयोगमा आइसकेको प्रविधि नेपालमा ल्याएर काम गरिहेको छौं । थोरै रुपमा हामीले स्थानीयकरण गरेका छौं, जसले गर्दा हाम्रो प्रविधिसँग सुहाउँदो होस्, त्यसैले हामी डिजिटल कारोबारमा सुरक्षित छांै । अब ग्राहकलाई यसको विषयमा जनचेतना जगाउँदै विस्तारै डिजिटल प्रविधिमा आबद्ध गराउँदै ल्याउनु पर्छ ।

० अन्तर्राष्ट्रियस्तरका सफ्वेयरहरु चलाउन नेपालमा आवश्यक पर्ने पूर्वाधारहरु छन् त ?
– नेपालमा मात्र होइन विश्वमा नै यो प्रविधिमा चल्ने कारोबारमा विभिन्न प्रणालीगत समस्या त आइनै रहन्छन् । यसलाई पूर्णरुपमा निरुपण गर्नलाई कसैले पनि सक्दैन ।
तर, यसमा आइपर्ने प्रविधिगत जोखिमको पूर्वानुमान गरेर सतर्कता भने अपनाउन सकिन्छ । अझ नगदकै कारोबारसँग सम्बन्धित प्रविधि निर्माणकर्ताले त रातदिन यसको नयाँ फिचर विकासमा भन्दा पनि भइरहेको प्रणालीको सुरक्षाका लागि बढी समय दिएर काम गरिरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित