एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

nic and narvic

  काठमाडौं । एनआईसी एशिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

वासलातको आकार १८१ अर्ब रुपैयाँभन्दा बढि पुगेको बैंकको कुल निक्षेप करिब १५३ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको बैंकको दावी छ । साथै कुल कर्जा करिब १२४ अर्ब रुपैयाँ सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकको दावी छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित