बिमस्टेक सम्मेलन : चारदेशका कार्यकारी प्रमुख आजै स्वदेश फर्किँदै

bimstec live

 काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू आजै स्वदेश फर्किने भएका छन्। बिम्स्टेक

बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुने तय भएपछि पाहुनाहरू भने त्यसअघि नै स्वदेश फर्किदै छन्। यसरी समापनकै दिन स्वदेश फर्किनेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति बिन मिल्ट, बंगलादेशकी प्रधानमन्त्री शेह हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा रहेका छन् ।

हसिना भने बिम्स्टेकले पारित गर्न लागेको दस्तावेजमा हस्ताक्षर नहुँदै फर्किने छन् । उनी बिहान ११ बजे नै स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको।
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदी राति ८ बजेपछि फर्किने कार्यक्रम रहेको बताइएको छ। त्यसअघि उनी प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय छलफल र केही सम्झौतामा हस्ताक्षर गर्नछन् भने दिउँसो पशुपतिनाथमा रहेको धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नेछन्।

सबैभन्दा पहिले नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट पनि शुक्रबार नै स्वदेश फर्किने छन्। उनी सम्मेलनको दुई दिनअघि नै नेपाल आएका थिए। उनले लुम्बिनी भ्रमण गरिसकेका छन्। उनी साँझ ४ बजे स्वदेश फर्किनेछन्।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ। उनी बिम्स्टेक सम्झौतामा हस्ताक्षर गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

त्यसपछि नेपालमा दुई देशका कार्यकारी प्रमुख रहनेछन्, भुटान र श्रीलंकाका। उनीहरूमध्ये भुटानका कार्यकारी प्रमुख छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार फर्कने क्रार्यक्रम छ भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित